गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहालीविरुद्धको मुद्दाको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीशद्वय कुमार चुँडाल र सपना प्रधान मल्लको बेञ्चमा परेको उक्त मुद्दाको सुनुवाइ समय नपुगेकाले आज नहुने भएको हो ।
गण्डकी सभाका सभामुख नेत्रनाथ अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका थिए । उक्त मुद्दाको सुनुवाइ बिहीबार हुने भनिए पनि समय नपुगेकाले आज नभएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनले अनलाइनपनासँग भने ‘आज सुनुवाइ हुने भनिएको थियो । आज नभ्याइने देखिएको छ । आजै हुने सम्भावना अत्यन्तै कम छ । सम्भवतः भोलि हुन्छ ।’
यस अघि थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्बहालीको आदेश दिएको थियो ।
प्रतिक्रिया