काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिए लगत्तै विपक्षी गठबन्धनका शीर्ष नेताबीच छलफल भएको हो ।
छलफलमा गण्डकीमा एमाले सरकार ढलेपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुरा भएको कुराकानी भएको बुझिएको छ ।
छलफलमा देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल सहभागी थिए ।
एमालेको माधव नेपालका एकमात्र सांसद इन्द्रलाल सापकोटाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा मत थिए । उनलाई गुरुङको विपक्षमा उभ्याएर भए पनि एमाले सरकार विस्थापन गर्ने योजनामा विपक्षी गठबन्धन छ ।















प्रतिक्रिया