Logo

राजनीति

बादलको बार्गेनिङ्‍मा ‘वर्षा’ को सत्तारोहण



काठमाडौं । निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू सरकारबाट बाहिरिए पनि श्रीमती नैनाकला थापा ‘वर्षा’ लाई सरकारमा सहभागी गराएका छन् । उनले सामाजिक सञ्‍जाल फेसबुमा ‘वर्षा’ नाम राखेकी छन् । 

नेकपा विभाजनपछि माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाले सांसद पद गुमाएका थिए । जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनी डा. खिमलाल देवकोटासँग पराजित भए ।

सोही दिन सर्वोच्च अदालतले सांसद पद गइसकेपछि मन्त्रिपरिषद्‍मा नियुक्त गरिनु असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरिदिएको थियो । अदालतको फैसलापछि बादल सांसद र मन्त्री दुवै पदविहीन बन्न पुगेका थिए । 

कुनै समय नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहालका विश्वास पात्र रहेका थापा अहिले ओलीका विश्वास पात्र छन् । उनले ओलीसँगको निकताको फाइँदा उठाउँदै श्रीमती वर्षालाई सत्तारोहण गराएका हुन् ।

उनले बिहीबार पदभार ग्रहण गरिसकेकी छन् । उनको राजनीतिक योगदानबारे कुनै चर्चा नभए पनि मन्त्री बन्दा श्रीमान् बादलकै बार्गेनिङमा मन्त्री भएको प्रष्ट हुन्छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।