पोखराका सांसद् दीपक मनाङे सम्पर्कविहीन भएकै दिन ‘डन’ को रुपमा परिचित नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा पक्राउ परेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै पोरखा पुगेका लामालाई क्याटवाक रेस्टुरेन्टबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको भन्दै पक्राउ गरेको हुनसक्ने राजनीतिक वृतमा चर्चा भइरहेको छ ।
गण्डकी प्रदेशमा आज पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छँदा लामा पोखरा पुगेका हुन् ।

















प्रतिक्रिया