राजनीतिक घटनाक्रमले तातेको बिहीबार केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक गतिविधिले प्राथमिकता पायो । बिहीबार केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं पटक मन्त्रिपरिद् विस्तार गरे ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिन सकेनन्
के-के आजका मुख्य खबरहरू
प्रधानमन्त्री ओलीद्वारा एक सातामै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, राष्ट्रपतिद्वारा शपथ
गण्डकी प्रदेशमाढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
विवादित बन्यो ओलीको क्याबिनेट स् मानव तस्करीको मुद्दा खेपिरहेकादेखि कारबाहीमा परेकासम्म बने मन्त्री
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
प्रदेश २ सरकारले सार्वजनिक गर्यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, कोरोना महामारी नियन्त्रणलाई प्राथमिकता
माधव समूहका १७ प्रदेश सदस्यलाई नेकपा एमालेको २४ घण्टे स्पष्टीकरण माग
पछिल्लो २४ घण्टामा तीन हजार सात सय ४९ कोरोना संक्रमित थपिए, ५९ जनाको मृत्यु
बिहीबार शेयर बजारमा सामान्य करेक्शन स् विकास बैंक, जलविद्युत र वित्त लगानीकर्ताको रोजाइँ
अमेरिकाले अगस्टदेखि फाइजरको ५० करोड डोज खोप वितरण गर्ने
पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने मौसविद्को पूर्वानुमान















प्रतिक्रिया