गण्डकी प्रदेशका पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अर्को झट्का लागेको छ । आफैंले नियुक्त गरेका प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाटै राजीनामा दिएपछि गुरुङलाई झट्का लागेको हो ।
प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले राजीनामा दिएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकोले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको व्यहोरा मनाङेले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मनाङेको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मनाङे मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अनुपस्थित भएका थिए । नयाँ सरकार गठन गर्न या प्रदेश सभा विघटन गर्न मनाङेको मतलाई निर्णयक मानिदै आएको छ ।

















प्रतिक्रिया