नेपाली कांग्रेस काभ्रेले गुन्डा नाइके भनिने आफ्ना नेता गणेश लामाकाे रिहाइकाे माग गरेकाे छ।
निषेधाज्ञाका बेला पोखरा पुगेका थापालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको थियाे। उनकाे गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै कांग्रेस काभ्रेले भत्र्सना पनि गरेको छ ।
कांग्रेस काभ्रेका सभापति मोहन आचार्यले विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा उनी पाेखरा पुगेका थिए।
थापा यसअघि आमनिर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नमब्र १ ख का उम्मेदवार बनेका थिए।















प्रतिक्रिया