प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहर सूर्य थापाले सर्वाेच्च अदालतका पछिल्ला फैसलासँग जाेडिएकाे विषयमा टिप्पणी गरेका छन्।
सर्वोच्चले ओलीको शक्ति खलबलिने गरी नागरिकता अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश दिनुका साथै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका चार सांसद पुनर्बहाली हुने र दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई (ह्विप उल्लंघन गर्नेलाई कारबाही गर्ने) एमालेको आधिकारिक संरचना नमान्ने अदालतको अर्को आदेश दिएकाे थियाे।
त्यसकाे भाेलिपल्ट थापाले ‘पक्षका वकिलकाे छनाेटमा इजलास बन्ने,चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै हाेस नै गुमाउने व्यवहार गलत’ रहेकाे बताएका हुन्। ‘नेपालकाे राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेकाे छ। अदालतकाे फैसला त्यसैअनुरूप हुनुपर्छ। एकै माघले जाडाे त जाँदैन,’ उनले भनेका छन्।















प्रतिक्रिया