सरकारले जनस्वास्थ्यको बजारीकरण गरेको र स्वास्थ्य सेवालाई व्यापार बनाएको भन्दै आन्दोलनमा उत्रिएका बृहत् नागरिक आन्दोलनका अगुवाहरु पक्राउ परेका छन् । प्रदर्शनमा उत्रिएका पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेती, भास्कर गौतम, युग पाठक, खगेन्द्र संग्रौलालगायत आठ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ ।
उनीहरु लोकतान्त्रिक प्रक्रिया र संविधानमाथि प्रहार गरेको र चिकित्सा शिक्षा आयोगको स्वाएतत, स्वेच्क्षचारिताको डन्डा चलाएको भएको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको हो । ्ना
गरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् । प्रदर्शनका क्रममा ‘स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
अभियानताहरुले उनीहरूलाई बिना शर्त तत्काल रिहाइ गर्नसमेत माग गरेका छन् ।















प्रतिक्रिया