पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश सभा सचिवालयबाट प्राप्त भएको भन्दै उनले भोलि शनिबार दिउँसो ३ बजेभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।


















प्रतिक्रिया