काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
पार्टीको १४औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको देउवाको स्वकीय सचिव भानु देउवाले बताए । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।
आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर अगाडि बढ्ने तयारी गरेको छ ।
कांग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन ।
















प्रतिक्रिया