Logo

राजनीति

कर्णालीका सांसद्को पुनर्बहालीको फैसलाविरुद्ध सर्वोच्चमा भ्याकेट निवेदन



कर्णाली प्रदेशका चार सांसदको पुनर्बहालीविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा भ्याकेट निवेदन हाल्ने तयारी गरेको छ । 

बिहीबार न्यायाधीश प्रकाशकमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारबाहीलाई बदर गरेर पुनर्बहाली गर्न जारी गरेको अन्तरिम आदेशविरुद्ध एमाले ‘भ्याकेट’ निवेदन दिएर सर्वोच्च जाने भएको हो ।

बिहीबार भएको अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टीकरण सोध्न र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर गरेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।