Logo

राजनीति

विपक्षी गठबन्धनका नेताहरू संसद् भवनमै जुटे छलफलमा



काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिए लगत्तै नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

सभामुख सापकोटा भने छलफल सकेर निस्कि सकेका छन् । उनी निस्किए लगत्तै विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल जारी छ ।

उनीहरूबीच आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । सभामुख सापकोटाले डाकेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालले भर्चुअल माध्यमबाट सहभागीता जनाएका थिए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।