काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको बताएका छन् ।
सभामुखले डाकेको सर्वदलीय बैठकमा भाग लिइसकेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले देशको संविधान र व्यवस्था नै फेल गर्ने खेल भइरहेको बताएका हुन् ।
सरकारले चुनाव घोषणा गरे पनि चुनाव गर्ने नियत देखिने कुनै आधार नरहेकव बताए । सरकारले चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी नगर्ने उनले बताए ।
‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ’, उनले भने ।
प्रतिक्रिया