Logo

राजनीति

सभामुखसँगको छलफलपछि बाबुराम भट्टराइले के भने ?



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको बताएका छन् । 

सभामुखले डाकेको सर्वदलीय बैठकमा भाग लिइसकेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले देशको संविधान र व्यवस्था नै फेल गर्ने खेल भइरहेको बताएका हुन् ।

सरकारले चुनाव घोषणा गरे पनि चुनाव गर्ने नियत देखिने कुनै आधार नरहेकव बताए । सरकारले चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी नगर्ने उनले बताए ।

‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ’, उनले भने ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।