Logo

राजनीति

गण्डकीमा मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुख कार्यालय पुगे बहुमत सांसद



 पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका सांसदहरू बहुमत सांसदसहित प्रदेश प्रमुख सीता पौडेलको कार्यालयमा पुगेका छन् ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री पदमा दाबी गर्न भोलि शनिबार ३ बजेसम्मको २४ घण्टे समय दिएकोमा गठबन्धनका सांसदहरू मुख्यमन्त्री कार्यालय पुगेका हुन् ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

विपक्षी गठबन्धनका सांसद प्रदेश सभाहलमा जम्मा भई एक एक सांसद गनेर सँगसँगै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे गरी उनको पक्षमा ३१ जनाको समर्थन जुटेको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।