Logo

राजनीति

 गण्डकीमा कांग्रेसका कृष्णचन्द्रलाई मुख्यमन्त्री बनाउन क-कसले गरे हस्ताक्षर ? (सूचीसहित)



गण्डकी प्रदेशमा नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनका लागि बहुमत सांसद्हरुले हस्ताक्षर गरेर प्रदेश प्रमुख कार्यालयमा बुझाएका छन् । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो ।  त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । नेपालीसहितको ३१ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दाबी पेस गरेका छन् ।

नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १८:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।