Logo

राजनीति

गण्डकीमा मुख्यमन्त्री बन्न कृष्णचन्द्रलाई मनाङेको साथ



काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सदस्यसहित मुख्य मन्त्रीमा आफ्नो दावी पेस गरेका छन् ।

मुख्यमन्त्रीमा दावी पेस गर्न प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेले साथ दिएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि हिजो गण्डकी सरकार ढलको थियो । मनाङेको समर्थनसँगै कृष्णचन्द्रसँग नयाँ सरकार गठनका लागि बहुमत जुटेको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।