प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अव्यिक्ति दिएका नेपाली कांग्रेस वागमती प्रदेशमा साँसद नरोत्तम वैद्यको यतिबेला चौतर्फी आलोचना भई रहेको छ । उनको पार्टी नेपाली कांग्रेसले अभिव्यक्ति फिर्ता लिएर माफी माग्न निर्देशन दिएको छ भने सत्तारुढ एमालेले आपराधिक अव्यिक्ति भन्दै भर्त्सना गरेको छ ।
वैद्यको भनाईको चौतर्फी आलोचना भइरहेका बेला नेकपा एमालेकै एक नेताले भने वैद्यको अव्यिक्तिको बचाउ गरेका छन् ।
दाङ जिल्ला क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सामाजिक सञ्जालमार्फत वैद्यको अभिव्यक्ति अप्रिय लागेपनि सत्य नै भएको बताएका हुन् । चौधरीले सत्य कुरा उजागर गरेको भन्दै वैद्यलाई धन्यवाद समेत दिएका छन् । यद्यपी उनको यो भनाइबारे सबैले नकारात्मक टिप्पणी गरेका छन् ।
‘वैद्यले नेपाली मनोविज्ञानलाई बागमति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु,’ चौधरीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
नेपाली कांग्रेसको तर्फबाट मागमति प्रदेशसभा सदस्य बनेका वैद्यले शुक्रबार प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका थिए।
भारतमा सन् १९४८ को जनवरी ३० मा नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । सोही प्रसंग ल्याउँदै वैद्यले पनि प्रधानमन्त्रीको हत्या गर्न त्यस्तै गोड्से अघि सर्नुपर्ने विवादित अभिव्यक्ति दिएका हुन् ।
वैद्यको यस्तो अभिव्यक्ति अहिले सबैतिर आलोचना भइरहेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयमता गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् ।
उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा वैद्यले माफी माग्नुपर्ने आवाज उठेको छ। प्रधानमन्त्री केपी ओलीको हत्या गर्न कोही नाथुराम गोड्से अघि सर्नुपर्ने भन्दै आफ्नै पार्टीका सांसदको विवादित अभिव्यक्ति दिएपछि कांग्रेसले समेत आपत्ति जनाएको छ ।
आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नमिल्ने भन्दै शब्द फिर्ता लिएर आत्माआलोचना गर्नुपर्ने काँग्रेसले भनिरहेको बेला चौधरीले (वैद्य) उहाँले माफी माग्नु नपर्ने बताए ।
चौधरीले लेखेका छन्, ‘यसैले वहाँले न माफी माग्नुपर्दछ न त पश्चाताप१ बरू हामी शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौं।’
अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने बिषयमा प्रतिबद्धता जाहेर गर्न समेत चौधरीले आग्रह गरेका छन्।
‘अतः अब जनताहरूका मनोबिज्ञान बुझौ, सो अनुसारको व्यवहार र आचरण देखाऔं । जनताहरूका मन जितौ, गुमेको साख उठाऔं । कसैसँग बदलाको भाव नराखौ । यसैमा हामी सबैको कल्याण हुन्छ,’ चौधरीले भने ।















प्रतिक्रिया