Logo

राजनीति

वाग्मती प्रदेशको निती तथा कार्यक्रम पारित



नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । 

केन्द्रदेखि जिल्ला तहसम्म समानान्तर कमिटी बनाएर अघि बढेको नेकपा एमालेको माधवकुमार नेपाल समूह वाग्मती प्रदेशमा भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहको साथमा उभिएको छ । 

शनिबार बिहान बसेको नेकपा एमाले वाग्‍मती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन् । 

नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य रचना खड्काका अनुसार वाग्‍मतीको नीति तथा कार्यक्रम पास गर्न एमाले एक ढिक्का हुन लागेको हो । 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १५:०१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।