गण्डकी प्रदेशमा विश्वासको मत गुमाएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख कार्यलय पुगेका छन् । प्रदेश प्रमुख सिता कुमारी पौडेलले शुक्रबार २४ धण्टा समयदिँदै नयाँ सरकार गठनका लागि आवहन गरेकि थिइन् । विपक्षी गठबन्धनले शुक्रबार नै नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर सहित दाबी प्रस्तुत गरेको थियो ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि समय सकिनै लाग्दा मुख्यमन्त्री गुरुङ पनि दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख कार्यलय पुगेका हुन् ।
संविधानको धारा १६८ (५) बमोजिम सरकार बनाउन गण्डकीमा ३० सांसद भए पुग्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा शुक्रबार पदमुक्त भएका छन् । उनी पदमुक्त भएसँगै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ । ५९ को बहुमत संख्या ३० भए सरकार बन्छ ।
विपक्षी नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा ९थापा बाहेक० २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० गरि ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले अध्ययन गर्नेभन्दै शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी थिइनन् । उक्त समयसीमा अहिले ३ बजे सकिएको छ ।

















प्रतिक्रिया