गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको छ । प्रदेश प्रमुख सिता कुमारी पौडेलले नयाँ सरकार गठनका लगि दिएको २४ घण्टाको समय सकिए पनि मुख्य मन्त्री नियुक्त नगरेपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो ।
विपक्षी गठबन्धनका तर्फतबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । तोकिएको समय सकिँदा पनि मुख्यमन्त्री नियुक्त नगरेपछि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु सामुहिक छलफलमा जुटेका हुन् ।
जेठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।















प्रतिक्रिया