Logo

राजनीति

बाबुरामले भने – पोखरामा पनि सल्कियो ओली भाइरस



जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकीमा पनि ओली भाइरस फैलिएको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि विश्वाुको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि सरकारमा दाबी प्रस्तुत गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस्तो ओरोप लगाएका हुन् । सामाजिक सञ्जालमा शनिबार ट्विट गर्दै ओली भाइरसको महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउन लागेको बताएका छन् । 

उनले लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै  भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं !! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ।’ 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।