मुख्यमन्त्रीको पदका लागि बहुमत दावी गर्दै आएका विपक्षी गठबन्धनका सांसदहरुलाई प्रदेश प्रमुख कार्यालय प्रवेशमा रोक लागएपछि कार्यालयको गेटमै धर्ना बसेका छन् ।
आफुहरुले बहुमतको दाबी गरीरहेको समयमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि उनिहरु प्रदेश प्रमुख कार्यालय पुगेका हुन् ।
मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको उनिहरुको तर्क छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल सहितका सांसद्हरु मुख्यमन्त्री कार्यालय पुगेका हुन् ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले आफैले तोकेको समयसीमा सकिएपनि मुख्यमन्त्री नियुक्त गरेकी छैनन् ।















प्रतिक्रिया