गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीको शपथ ग्रहण गराउँदा पोखरेलले दीपक मनाङेसहित पाँच जनाको शपथ ग्रहण गराइने भएको छ ।
मुख्यमन्त्री पोखरेलले अबको केहीबेरमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । आजै नेपाली कांग्रेसका १, माओवादी १ , जसपाका १ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ लिन लागेका हुन् ।
कांग्रेसबाट कुमार खड्काले मन्त्रीको शपथ लिनेछन् । पोखरेललाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नभई समर्थन जनाउने भएको छ ।
मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।















प्रतिक्रिया