Logo

राजनीति

चार जना विना विभागीय मन्त्री सहित नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा शपथ ग्रहण



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सपना पौडेलले शपथ ग्रहण गराएकी हुन् ।
 
मुख्यमन्त्री पोखरेलले दीपक मनाङे सहित अन्य ३ मन्त्रीको पनि शपथ ग्रहण गराएका हुन् । उनले नेपाली कांग्रेसका कुमार खड्का, माओवादीबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीको शपथ ग्रहण गराएका हुन् । चारैजना मन्त्रीको विभाग तोकिएको छैन् ।
 
मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । 

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार  ८ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।