Logo

राजनीति

गण्डकी प्रदेश : नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमान मुख्यमन्त्रीको फोन



 गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फोन मार्फत बधाई दिएका छन् ।
 
प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिएका हुन् । 
 
मुख्यमन्त्री पोखरेलले ५ सदस्य मन्त्रीमण्डल सहित शनिवार नै पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।
 
मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार २०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।