Logo

राजनीति

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीकाे समूहमाथि आक्रमण भएपछि विराटनगरका मेयरले भने- कानुनी राज्यको खिल्ली



विराटनर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीकाे समूहमाथि भएकाे आक्रमणकाे घटनाकाे घटनाको भत्सर्ना गरेका छन्।

सुर्खेत पुगेका शाहीमाथि शुक्रबार राति कुटपिट भएकाे थियाे। कुटपिटबाट शाहीसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं घाइते भएका थिए।

शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरुको उद्दार तथा राहतमा जुटिरहेको छ। निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका थिए।

यद्यपि सुर्खेत प्रहरीले शाहीको समूह र स्थानीयबीच झडप भएको जनाएकाे छ। शाहीकाे समूहमाथि आक्रमणकाे आराेपमा केही व्यक्ति पक्राउ पनि परेका छन्।

मेयर पराजुलीले शाहीमाथिकाे आक्रमण ‘कानुनी राज्यको खिल्ली’ बताएका छन्। ‘म उहाँहरूकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भने अपराधमा संम्लग्नहरूलाइ कडा कारबाहीको माग गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।