Logo

राजनीति

कांग्रेसले पहिलाे मुख्यमन्त्री पाएपछि गगन थापाले के भने ?



नेपाली कांग्रेसले पहिलाे मुख्यमन्त्री पाएकाे छ। तत्कालीन नेकपा फुट र एमालेभित्रकाे किचलाेका कारण कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री पाएकाे हाे।

तत्कालीन एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेसँगै कांग्रेस नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री बनेका हुन्।

कांग्रेसले पहिलाे मुख्यमन्त्री पाएपछि नेता गगन थापाले खुसी व्यक्त गरेका छन्। साथै उनले प्रदेश सरकारहरूले आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताएका छन्।

थापाले फेसबुकमा लेखेका छन्, ‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना! राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ।झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ।हार्दिक शुभकामना!’

 
 
 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०७:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।