गण्डकी प्रदेशका नवनियुक्त विनाविभागीय मन्त्री राजिव गुरुङ ‘दीपक मनाङे’ ले प्रधानमन्त्री केपी ओलीकाे स्वास्थ्यलाई लिएर भद्दा अभिव्यक्ति दिएका छन्।
शनिबार मन्त्रीको सपथ खानुअघि उनले गरेकाे असाेभनिय टिप्पणी सामाजिक सञ्चालमा भाइरल बनेकाे छ। उनले ओलीलाई दुईवटा किड्नी नभएको मान्छे भनेका छन्। ‘अरुको त किड्नी छ नि यार । बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ,’ उनले भनेका छन्।
ओलीको न वर्तमान छ, न भविष्य छ भनेका मनाङेले उनकाे पछि लाग्ने मान्छेहरुको बुद्धि नै नभएकाे बताएका छन्। धर्नामा बसेका बेला पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ। तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो ।’
मनाङे यसअघि खेलकुद मन्त्री थिए। तर, पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्ने भएपछि कित्ता फेरेका उनी फेरि मन्त्री बनेका छन्।















प्रतिक्रिया