Logo

राजनीति

प्रदेश २  सरकारमा पहाडे समुदायलाई पनि सहभागी गराउन प्रदेश प्रमुखको पत्र 



प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन आग्रह गरेका छन् । उनले आइतबार  लेख्दै प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै  चार पृष्ठ लामो पत्र पठाएका हुन् ।

पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ ।  पत्रमा भनिएको छ, “प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो । प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायत पक्षालाई पनि समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।”

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  १ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।