Logo

राजनीति

कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्रको पहिलो निर्णय नै विवादित



पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णय विवादित बनेको छ ।

नीति तथा कार्यक्रम ल्याउने निर्णय गर्न बसेको बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेसँगै उक्त कदमको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । देश कोरोना महामारीमा रहेको समयमा कुनै निर्णय नगरेको सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने विषयलाई भने प्राथमिकतामा राख्यो ।

यसअघि गण्डकी प्रदेशमा अक्सिजन अभावमा एकै रात ६ जनाले ज्यान गुमाएका थिए । गण्डकीमा जेठ २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि नेपालीको पक्षमा बहुमत जुटेको हो ।

यस्तै बैठकले सरकारको प्रवक्ताको रुपमा विना विभागीय मन्त्री कुमार खड्कालाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  ३ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।