Logo

राजनीति

‘पाँच प्रधानमन्त्री लागेर पनि ओलीलाई हटाउन सकेनन्’



नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्रीहरूले जारी गरेको विज्ञप्तिप्रति व्यंग गर्दै पाँच जना पूर्व प्रधानमन्त्री लागेर पनि ओलीलाई हटाउन नसकेको प्रतिक्रिया दिएका छन् ।

सरकारलाई दीर्घकालीन निर्णय नगर्नका लागि चेतावनी दिएपछि थापाले सामाजिक सञ्जालमा लेख्दै यस्तो व्यंग गरेका हुन्  ।

पूर्वप्रधानमन्त्रीहरूले जारी गरेको विज्ञप्तिको फोटो हालेर थापाले उनीहरू सत्ताको भोको भएको तर ५ जना लाग्दा पनि ओलीलाई हटाउन नसकेको बताएका छन्  ।

‘हामी सत्ताका भ‍ोका छौं ! पाँच लागेर पनि एकलाई सकेनौं !! विचराहरूको दु:ख,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।