Logo

राजनीति

कोरोना अपडेट : २४ घण्टामा २ हजार ४०७ संक्रमित थपिए, ४६ जनाको मृत्यु



नेपालमा थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४०६ स्वाब नमुना परीक्षण गरिएकोमा २ हजार ४०७ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ५१७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६९४ र चार हजार ८८९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना निको भएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।