वृहत् नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले बालुवाटार गुन्डा अखाडा, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ गुन्डा नाइके र प्रधानमन्त्री केपी शर्मा ओली गुन्डा कमान्डर भएको प्रतिक्रिया दिएका छन् ।
उनले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्ध दिन भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीलाई धम्की दिइएको खबर सार्वजनिक भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने “आयोगका कार्यकारी उपाध्यक्ष श्रीकृष्णलाई सम्बन्धनको जाली लिखतमा सही गर्न सजावटी अध्यक्ष प्रमको धम्कीयुक्त करकाप।श्रीकृष्णद्वारा आफ्नो सुरक्षार्थ सार्वजनिक गुहार।”
उनले आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत प्रम ओलीको नाङ्गो नाच भएको जिकिर गरेका हुन् । उनले भनेका छन् “हैट,ओलीराज नाङ्गो गुन्डाराज भो ।”


















प्रतिक्रिया