Logo

राजनीति

सांसद थापाको पुनर्बहाली विरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी



गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहालीविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा मुद्दाको सुनुवाइ सकिएको भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । उनले भने “सुनुवाइ भर्खरै सकिएको हो । आदेश आउन बाँकी रहेको छ ।  

गण्डकी सभाका  सभामुख नेत्रनाथ अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका थिए । उक्त मुद्दाको सुनुवाइ आज भएको हो ।

यस अघि थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्बहालीको आदेश दिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।