काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको अन्तरिम आदेश खारेज गरेको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले अनलाइनपानालाई जानकारी दिए ।
गण्डकी सभाका सभामुख नेत्रनाथ अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका थिए । उक्त मुद्दाको सुनुवाइ आज भएको हो ।
यस अघि थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्बहालीको आदेश दिएको थियो ।















प्रतिक्रिया