Logo

राजनीति

नक्कली डीएसपी प्रहरी फन्दामा



काठमाडौं । आफूलाई डाक्टरसहित नेपाल प्रहरीको डीएसपी भएको  भन्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रसाद ढुंगाना रहेका छन् ।

उनले डीएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी भ्रम सिर्जना गरेको सूचनामा आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले तारकेश्वरमै भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र आफूलाई डाक्टर एके ढुंगाना दावी गर्दै आएका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भएको भए सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।  

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।