Logo

राजनीति

माओवादी नेता पाण्डेको हत्या गर्न श्रीमतीले नै ‘सुपारी’ दिएको खुलासा



माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेको गोली हानी हत्या गर्न उनकै श्रीमतीले सुपारी दिएको खुलेको छ । कपिलवस्तु नगरपालिका-१ का ३४ वर्षीय पाण्डेको जेठ ५ गते राति गोली हानेर हत्या गरिएको थियो ।

गोली प्रहारपछि पाण्डेलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जेठ १० गते राति हेलिकप्टरबाट काठमाडौं ल्याउने क्रममा पाण्डेको मृत्यु भएको थियो ।

उक्त घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ । मुख्य योजनाकार कपिलवस्तु-१ का ३९ वर्षीय यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन् । उनी जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले घटनामा संलग्न तीन जनाको साथबाट हतियारसहित गोली बरामद गरेको छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार २०:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।