नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् । नेता श्रेष्ठले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत निर्वाचन आयोग सरकारको कठपुतली भइ कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरेको आरोप लगाएका हुन् ।
आइतबार आयोगले बहुमत सदस्यको हस्ताक्षरसहित पार्टीका केही नेताहरुलाई कारबाही गरेको निर्णयलाई खारेज गरेपछि आयोगप्रति प्रश्नहरु उठ्न थालेका हुन् । यसअघि नेकपाको आधिकारिताका विषयमा पनि आयोग अनिर्णित बन्दा राजनीतिक समस्या जटिलतातर्फ गएको थियो ।
यही कुरालाई इंगित गर्दै नेता श्रेष्ठले भनेका छन्, “निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।”
राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ र हितसँग नजोडिँदा नबोल्ने र तमासे बन्ने स्थिति अन्त्य गरिनुपर्नेसमेत बताएका छन् । उनले भनेका छन्, “साथै ,राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ ।”















प्रतिक्रिया