गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरि पारित गरिएको हो ।
सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति कार्यक्रममाथिको छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर अगाडि बढ्ने बताए ।
प्रतिपक्षका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । छलफलमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिँदै नीति तथा कार्यक्रम सरकारले कार्यान्वयनमा गण्डकीमा आजै बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रम पारित गर्न नदिने एमालेको रणनीति
कर्णाली प्रदेशमा भने सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित हुन नदिने नेकपाको रणनीति रहेको छ । कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलको मंगलबार बसेको बैठकले संसदमा पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
चार सांसदको पुनर्बहालीपछि बसेको बैठकमा माधव नेपाल समूहका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । सर्वोच्चको आदेशबाट ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए ।
माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेलगत्तै त्यसलाई विफल पार्ने एमालेको रणनीति रहेको छ । तर, माधव नेपाल पक्षका सांसदहरुको भूमिका निर्णायक हुन्छ ।
उनीहरुकै फ्लोरक्रसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि विश्वासको मत पाएको अवस्थामा नीति तथा कार्यक्रम पारित गराउन पनि उनीहरुकै भूमिका निर्णायक हुने भएको हो । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने रणनीति रहेको छ । तर, संसद् भने सञ्चालन हुने दिने एमालेको निर्णय छ ।















प्रतिक्रिया