Logo

राजनीति

आयोगमा आधिकारिकता दाबी गर्न यादव समूहलाई अधिवक्ताहरूको सुझाव



जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहलाई कानुन व्यवसायीहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न सुझाएका छन् । 

नेताहरूले पार्टीको शुभेच्छुक संस्था संघीय कानुन व्यवसायी संघमा आवद्ध अधिवक्ताहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा अधिवक्ताहरूले आधिकारीकता दावी गर्न सुझाव दिएका छन् ।

सोमबार बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगले आफूहरूले कानुन अनुरुपका सबै कागजात बुझाउँदा पनि एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको थियो । त्यसबारे नेताहरूले पार्टीका कानुन व्यवसायीहरूसँग छलफल गरेका हुन् । 

छलफलमा सहभागी संघीय कानुन व्यवसायी संघका अध्यक्ष दीपक राईले आफूहरूले आयोगविरुद्ध सर्वोच्चमा जानुपूर्व आयोगमै पार्टीको आधिकारिकता दाबी गर्न सुझाएको जानकारी दिएका थिए । 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।