Logo

राजनीति

नेकपा स्थायी कमिटी बैठक भदौ २६ मा बस्ने



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ। गत साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो।

सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ८ : ४४ बजे