Logo

राजनीति

कांग्रेस नेता-कार्यकर्तालाई सभापति देउवाकाे निर्देशन : बाढीपहिराेपीडितकाे उद्धारमा खटिनु



नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बाढीपहिरोपीडितकाे उद्धारमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

बाढी पहिराेले सिन्धुपाल्चाेकसहित डेढ दर्जन जिल्लामा तान्डब मच्चाएपछि देउवाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे अपिल गरेका हुन्।

‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु,’ उनले भनेका छन्।

सभापति देउवाले पीडितलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न पनि सरकारसँग माग गरेका छन्।  उनले तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई राहत प्याकेज घोषणा गर्न माग पनि उनले सरकारसँग गरेका छन्।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०८:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।