नेकपा एमालेको अन्तरर्विरोध अन्त्य गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहले पहल गरिरहेको दाबी गरे पनि आ आफ्नो अडान नछोड्दा समस्या समाधान हुन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव समूहलाई समेत सहभागी हुन आह्वान गरेर स्थायी समिति बैठक बोलाउने चर्चा भइरहेको छ ।
उक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली असन्तुष्ट समूहका नेता माधव नेपाललाई फोन गरेर नै बैठकमा सहभागी हुन आग्रह गरेका थिए । तर, नेता नेपालले भने जेठ २ को अवस्थामा फर्किनुपर्ने शर्त राखेका हुन् । नेता नेपालको शर्तपछि बैठक बस्ने अथवा नबस्ने भन्ने अन्योलमा अध्यक्ष ओली समूह रहेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवाललीले भने आफूहरु छलफलमै रहेको रहेको बताएका छन् ।
उनका अनुसार बैठक बस्ने भनिए पनि ओली समूह आन्तरिक छलफलमा रहेको छ ।
तर, माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले भने असार २ गते बुधबार बालुवाटारवाला गुटको बैठक भएको टिप्पणी गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, भोलि असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको बैठक होला । हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधनसहित नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किँदासम्म आत्मसमर्पण गरेर हाम्रोतर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन ।

















प्रतिक्रिया