Logo

राजनीति

बाढीले सिन्धुपाल्चाेकमा तान्डब मच्चाएपछि सभामुख सापकोटा गृहजिल्ला जाँदै



सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदैछन्।

बाढी पहिरोले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा तान्डब मच्चाएपछि उनी आज घटनास्थलतिर जान लागेका हुन्। मेलम्ची र इन्द्रावतीमा आएकाे बाढीले मेलम्ची क्षेत्र तहसनहस भएकाे छ। क्षतिकाे विवरणसमेत प्राप्त हुन सकेकाे छैन।

सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न पनि अपिल गरेका छन्।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।