नेपाली कांग्रेसका नेता गगन थापाले बाढीपहिराेका घटना बढ्न थालेपछि गृहमन्त्री खगराज अधिकारीकाे ध्यानाकर्षण गराएका छन्।
थापाले बुधबार ट्वीटरमा गृहमन्त्री अधिकारीलाई मेन्सन गर्दै क्षति न्यून गर्न पूर्वसावधानी,खोज,उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न ध्यानाकर्षण गराएका हुन्।
थापाले लेखेका छन्, ‘पूर्वतयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरिरहेको छ। विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ। यस मनसुनमा वाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन्। अत: क्षति न्यून गर्न पूर्व सावधानी,खोज,उद्धार र सुरक्षाकालागि अविलम्ब तयारी गर्न@khagarajAdhika7को ध्यानाकर्षण गराउछु।’













प्रतिक्रिया