Logo

राजनीति

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार भएन, दिल्ली लैजाने तयारी 



पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ । सोमबार नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको श्वासप्रश्‍वासमा समस्या देखिएको छ । 

उपचारका संलग्‍न चिकित्सकका अनुसार शरिरमा हेमोग्लोबिनको पनि कमी देखिएको छ । करिब तीन साताअघि कोभिड संक्रमणका कारण खनाल नर्भिकमै भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि डल्लुस्थित निवासमै आराम गरिरहेका खनालको स्वास्थ्यमा पुन: समस्या देखिएको हो ।

उनलाई ज्वरो आउने, श्‍वासप्रश्‍वासमा समस्या हुन थालेपछि सोमबार अस्पताल भर्ना भएका हुन् । पूर्वप्रधानमन्त्री खनालको सचिवालयका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, स्थायी समिती सदस्य गोकर्ण विस्ट लगायतका नेताले खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको हो ।

दिल्लीस्थित एपोलो वा मेदान्त अस्पताल लैजानेबारे चिकित्सकहरुको परामर्शमा एमालेले अन्तिम टुंगो लगाउने जनाइएको छ । 

प्रकाशित मिति : २ असार २०७८, बुधबार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।