नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाविपत्मा राहत र उद्धार कार्यमा जुट्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै उनले आफ्ना नेता तथा कार्यकर्ताहरूमा यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष प्रचण्डले हरेक वर्ष वर्षा याममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह समेत गरेका छन् ।
















प्रतिक्रिया