Logo

राजनीति

युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेस सभापतिको अपिल 



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा, हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्‍न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभापति देउवाले सरकारलाई युद्धस्तरमा उद्धार र हाएकाहरुको खोजी, मानिसहरुलाई सुरक्षित स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्‍न अपिल गरेका छन् । 

सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, “स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्‍न हुन निर्देशन गरिसकिएको छ । पार्टीका साथीहरुलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबैमा अपिल गर्दछु ।” 

बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्नसक्ने भएकोले सजग भएर बस्‍नसमेत आग्रह गरिएको छ । 

आइतबारदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्‍न जिल्लामा बाढी तथा पहिरो गइरहेको छ । 

No description available.

प्रकाशित मिति : २ असार २०७८, बुधबार १६:२८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।