Logo

राजनीति

झलनाथ दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यले तरंग, वक्तव्यमा के छ ?



नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यले नेकपा एमालेमा नयाँ तरंग पैदा गरेको छ । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका झलनाथ खनाललाई थप उपचारका बुधबार दिल्ली लगिएको हो । 

उनी दिल्ली प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्री खनालको आधिकारिक फेसबुक पेजबाट एक वक्तव्य सार्वजनिक गरिएको छ । झलनाथ खनालले नै हस्ताक्षर गरेको उक्त वक्तव्यमा हस्ताक्षर दुरुपयोग भएको माधवकुमार नेपाल समूहले जनाएकव छ । 

तर, उक्त हस्ताक्षर दुरुपयोग नभएको खनाल निकट नेताहरुले नै बताएका छन् । खनाल दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा धैर्य र संयमका साथ पार्टी एकता जोगाउन प्रयत्‍न गरे सफल हुने भन्दै विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरिएको छ । 

खनालको सो वक्तव्य उनी स्वयंको विचारविरुद्ध आएको भन्दै जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेताले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको भन्दै आपत्ति जनाएका छन् । 

उनले वक्तव्यमा लेखेका छन्, “विगतमा हामीमा देखिएका कयौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टीको जीवनमा यतिखेर गम्भीर संकट उत्पन्‍न भएको छ । देश, लोकतन्त्र र पार्टीको अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामी सबै मिलेर ठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो भने फुट विनाशको । त्यसैले रिस, राग र अहंकार तथा बदलाभाव त्यागेर पार्टीको वैधानिक प्रक्रिया अन्तर्गत याो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु ।” 

उनले बुधबार नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोनबाट र महासचिव ईश्वर पोखरेललाई अस्पतालमा भेटका क्रममा पार्टी एकता जोगाउन आह्वान गरेका थिए । 

प्रकाशित मिति : असार २, २०७८ बुधबार  ८ : १२ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।